Logo
४ बैशाख २०८१, मंगलबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महा शिवरात्री : पशुपति क्षेत्रमा सादा पोशाकको प्रहरी परिचालन गरिने

काठमाडौं : फागुन ९ गते मनाइने शिवरात्रीमा सादा पोशाकको प्रहरी परिचालन गरिने भएको छ ।

शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुको परिचालन रहेसँगै सादा पोशाकमा पनि प्रहरी परिचालन गरीने पुशपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

उक्त मेलामा कसैले पनि जथाभावी विभिन्न प्रकारका नसालुदार चीजहरुको प्रयोग गरी धार्मिक मेलालाई कुनै आँच नपुगोस् भन्ने हेतुले मेला क्षेत्रको अनुगमनका लागि सादा पोशाकको प्रहरी परिचालन गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिए ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्