Logo
१५ चैत्र २०८०, बिहीबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट उद्धार गरिएका १७५ जनामै कोरोनाको संक्रमण नभएको पुष्टि

काठमाडौं : कोरोना भाइरस प्रभावित चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गर्दै १ सय ७५ जना नेपालीमा कोरोनको संक्रमण नभएको जनाएको हो ।

आइतबार बिहान काठमाडौं ल्याइएका उनीहरुको सोही दिन नै स्वास्थ्य परीक्षणका लागि नाक र घाँटीको र्यालको नमुना संकलन गरिएको थियो । सो नमुनाको रिपोर्ट नेगेटिभ पाइएको मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिने मत्रालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्