Logo
१३ बैशाख २०८१, बिहीबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसका कारण मृतकको संख्या २४ सय नाघ्यो

कोरोना भाइरसका कारण मंगलबार एकैदिन चीनमा थप १ सय ३६ जनाको ज्यान गएको छ । यो सँगै चीनमा मृत्यु हुनेको संख्या २४ सय नाघेको छ। अन्तर्रा्ष्ट्रिय समाचार संस्था सीएनएनले यो तथ्य सार्वजनिक गरेको हो।

कोरोना भाइरस संक्रमणका कारण वुहानको एक अस्पतालका प्रमुखकै मृत्यु भएको छ।उपचारका क्रममा वुहानस्थित वुछाङ अस्पतालका निर्देशक लिउ चमिङको मंगलबार मृत्यु भएको हो। उनी कोरोना संक्रमणबाट ज्यान गुमाउने अहिलेसम्मकै सबैभन्दा बरिष्ठ चिकित्सक हुन्।

योसँगै कोरोना संक्रमणको कारण चीनमा मृत्यु हुने डाक्टरको संख्या सात पुगेको छ।

बुधबार बिहानसम्म विश्वभर ७५ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। अहिलेसम्म चीनमा कोरोना संक्रमितको संख्या ७४ हजार एक सय ८५ पुगेको छ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्