Logo
७ बैशाख २०८१, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन्स बैंकले ल्यायो स्मार्ट बचत खाता, सुविधै सुविधाले भरिपूर्ण

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ ।

यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामार्फत शून्य मौज्दातमा खोल्न पाउने छन् ।

यस खाताअन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।
यस खाताबाहकहरुले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क नलाग्ने बैंकले जनाएको छ ।

दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।

यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागजरहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्