Logo
११ बैशाख २०८१, मंगलबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको सपना भनिएको कोशीमा जेटवोट बन्द, सरकारी तहबाटै पहल भएन

प्रधानमन्त्री केपि शर्मा ओलीको सपना भनिएको र प्रतिपक्षी दलले उडाउने मुख्य नारा समेत बन्न सफल पानी जाहाज अर्थात कोशीमा चल्ने जेटवोट बन्द भएको छ । भने बन् भएको कयौं दिन बितिसक्दा पनि सरकारी तहबाटै कुनै पहल भएको छैन ।

प्रदेश नम्बर १ स्थित सप्तकाेशी नदीकाे जेटवाेट अझै सुचारू हुन सकेकाे छैन । स्थानीयकाे अवराेध भएकाे र सुरक्षामा समस्या निम्तिएकाे भन्दै फागुन १ गते देखि जेटवाेट सँचालकहरूले वाेट बन्द गरेका थिए ।

जसका कारण भाेजपुरकाे नदी तटीय क्षेत्रका वासिन्दाकाे तराइ झर्ने सहज माध्यम बन्द भएकाे थियाे ।

जेटवाेट सँचालक विमलमान श्रेष्ठले कराेडाैँ लगानी गरेर सरकारी लक्ष्य पुरा गर्न सहयाेग पुर्याइ रहँदा निजि क्षेत्रप्रति सरकारी पक्षले वेवास्ता गरेकाे गुनासाे गरे ।

प्रदेश र स्थानीय सरकारसँग बढि आशा भएपनि कतैबाट पहल नभएपछि आफै स्थानीयसँग वार्ताकाे पहल गरिरहेकाे जानकारी दिए ।

काेशी नदीकाे चतरा क्षेत्रमा जेटवाेट चढ्न भनि घुमफिर गर्न जाने पर्यटकसमेत निराश बनेर फर्किएकाे श्रेष्ठले बताए। उनका अनुसार काेशीमा दैनीक ५ सय पर्यटक बाेट चढ्नकै लागि भनेर जान थालेका थिए ।

घुमफिरकाे सिजन शुरू भएकाे हुँदा दैनिक पर्यटकाे सँख्या बढिरहेकाे थियाे । व्यवसायीहरूले आज वार्ता गर्नका लागि वाेट चलाएपनि भाेलि बराहक्षेत्रसम्म पुग्न पर्यटका लागि मात्र चलाउने याेजना रहेकाे छ ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्