Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनआइसी एसिया बैंकमा जागिरको लागी स्नातकमा ५० प्रतिशत अंक अनिवार्य 

काठमाडौं। वाणिज्य बैंकहरुमध्ये आकर्षक प्रगति गरिरहेको एनआइसी एसिया बैंकले १५० जना कर्मचारी माग गरेको छ। बैंकले काठमाडौं उपत्यका र बाहिरसमेत गरेर ठूलो संख्यामा कर्मचारी माग गरेको हो।

बैंकले ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो। ब्यवस्थापनमा स्नातक गरेकाले जागिरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

उमेर १८ वर्ष पूरा भएर ३० वर्ष ननाघेको तथा स्नातकमा कम्तिमा ५० प्रतिशत अंक ल्याएकोले आवेदन दिन सक्नेछन्। बैंकले छनोट भएका कर्मचारीलाई सातैवटा प्रदेशका आफ्ना कार्यालयमा पठाउने छ।बैंकको जागिरका लागि आउँदो ४ तारिखसम्म आवेदन दिइसक्नु पर्छ। 

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्