Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीका उद्योगहरुले मजदुरको ब्यापक श्रम शोषण गरेको खुलासा

प्रदेश १ स्थित सुनसरीको दुहबी नगरपालिका भित्र संचानमा रहेको अधिकांस उद्योगहरुले ब्यापक श्रम शोषण गरेको खुलासा भएको छ।

नयाँ श्रम ऐनले मजदुर हरुको न्युनतम पारिश्रमिक ८ घण्टा बराबर कामगरे बापत ५१७ नघटाई दिने भने बाध्यकारि श्रम कानुनमा उल्लेख हुदा पनि दुहबीका केही उधोगिहरुले सो श्रम कानुन नमानिकन आफुखुसि गरि मजदुरहरुले पाउने नेपाल सरकारले तोकेको ज्याला ५१७ मा २५० देखि ३०० सम्ममा मात्र मजदुरलाई काममा लगाउने गरेको अखिल नेपाल उधोग मजदुर संघका अध्यक्ष प्रेम उराँवले दाबि गरेका छन।

उनका अनुसार दुहबीमा रहेका जितेन्द्र चामल उद्योग,खुकुरी तेल उद्योग , एस्पेकट प्लास्टिक उद्योग , अन्पुर्न भेनियर
उद्योग , शिव शक्ति भेनियर उद्योग,शिव शक्ति उड प्लाई उद्योगमा भगवती भेनियर उद्योग ,एबि आई ईटा उद्योग , गिरधारि फुडस उद्योग लगायतका उद्योगहरुले नेपाल सरकारको श्रम कानुन तथा नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक मजदुर हरुलाई नदिकन ठग्ने गरेको र मजदुरहरु र सरकारसँग ठगेर करोडौंको सम्पती उद्योगिहरुले आयआर्जन गर्ने तिर लागेको आरोप लगाएका हुन ।

उराँव भन्छन मजदुरहरुले पाउने सुबिधा अधिकांस उद्योगमा पाएका छैन बरु मजदुरहरुले नेपाल सरकारले तोकेको पारीश्रमिक उद्योगि सँग माग्दा काम बाट निकाल्ने समेत धम्कि दिने गरेपछि मजदुर हरु बाध्य भएर
रोजगारि गुम्ने डरले उद्योगहरुमा काम गर्नु परेको बताए । उनले श्रम कानुन नमान्ने उद्योगहरुमाथि श्रममा मुद्दा हाल्ने तयारि भईरहेको खुलासा समेत गरेका छन ।

श्रम ऐनमा उल्लेख भएका सेवा सुबिधाहरु दुहबीमा संचालनमा रहेका उद्योग हरुले मजदुर हरुलाई उपलब्ध नगराए पछि दुहबीका उधोगिहरु पटकपटक मजदुर र उधोग हरुको लफडा सार्वजनिक भईरहेको देखिन्छ । कतिपय उद्योगमात मजदुरहरुलाई न्यूक्ति पत्र जस्ता कुनै प्रकारका प्रमाण बिनानै उद्योगहरुले मजदुरहरुलाई काममा लगाउदा मजदुहरुको भबिष्य सँग खेलवाड भइरहेको देखिन्छ ।

 

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्