Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालको लापरवाहीले सुत्केरी र नवजात शिशुको मृत्यु हुँदा दुहबीमा लफडै लफडा

सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीय रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएको भएको भन्दै आफन्त र परिवारका सदस्यहरु लगायत सर्मथकहरुले मंगलवार रंगेली अस्पतालमा प्रदर्शन गरेका छन ।

आफन्त परिवारका सदस्यले चिकित्सकको लापरबाहीले घटना भएको भन्दै अस्पताल अगाडि नाराबाजी र प्रदर्शन गरेका छन्। सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गर्दै आन्दोलित बनेका उनीहरूले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारवाही हुनुपर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन्।
अस्पतालमा तोडफोडको प्रयास भएपछि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा अवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।

रविनाका दाजु प्रह्लाद सरदारले प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले रविनालाई वास्ता नगरेको बताए। ‘प्रसव पीडाले बहिनी छटपटाइरहँदा चिकित्सकले वास्ता नगरिकन नर्सको जिम्मा लगाइदिए,’ उनले भने, ‘सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदिनु भन्दा पनि मानेनन्।’ प्रह्लादले यहीँ हुन्छ भनेर
रेफर नगरेको र चिकित्सकले वास्तै नगर्दा बहिनी र नवजात शिशु गुमाउनु परेको गुनासो गरे। उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको बताउँदै शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको सबै कारण खुल्ने जानकारी दिए। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. अशोक ठाकुरले सामान्य प्रसूतिमार्फत बच्चा जन्मिए पनि रक्तश्राव अत्याधिक भएर सुत्केरीको मृत्यु भएको बताए।

यसैगरि सुनसरीको दुहबी नगर भित्र भित्र संचालनमा रहेका अधिकांस अस्पताल ,पोलिक्लिनिक ,स्वास्थ क्लिनिकहरु अबैध किसिमले संचालनमा रहेको छ । सो स्वास्थय संस्था वा क्लिनिक, पोलिक्लिनिक हरु कुनै पनि सम्बन्धित निकायको ईजाजत बिनै सन्चाल गरि उचित उपचार नदिंदा सर्वसाधारणहरुलाई ठगिगरिहेको स्थानियहरु बताउछन । नाम नखुलाइ दिने शर्तमा एक स्थानीय युवाका अनुसार बिरामी लिएर स्वास्थय संस्था ,पोलिक्लिनिकहरुमा जादा ल्याब टेस्ट , एक्सेरे ,अल्टरा साउण्ड जस्ता जाँचप्रतालहरु मह्ँगो शुल्क तिरेर गर्दा पनि उपयुक्त जाँच प्रताल नभएको
कारण आफुहरुको बिरामिको सहि उपचार न हुँने र पछि नजिकको ठूलो अस्पतालमा जानु पर्दा दोहोरो आर्थिक मारमा परेको बताए ।

उनले भने स्वास्थय क्लिनिकहरुमा जाँदा तेहाका स.चालकहरु भन्छन हाम्रोमा जस्तो ठुलो डाक्टर बिसेसज्ञ कुनै मा पाउनु हुन्न भनेर गफ लगाई बिस्वास दिलाको भरमा उपचार गर्छु पछि निकै दुख पाउनु पर्छ,आफुहरुलाई केथाहा अस्लि डाक्टर को नक्लि डाक्टर को हो भनेर, घाँटिमा जाँचने आला लगाएको हुन्छ अनि कसरि नप्ताउनु,कतिपय स्वास्थय सस्था हरुको संचाकले भन्छन हाम्रोमात ग्यारेन्टिको साथ उपाचार हुन्छ भनेर फिक्स रकममा ठेक्का हामि लाई दिनुस ढुक्क सँग उचार गर्नुस भनेर भन्छ पछित केको ठेकादेको बिरामिको उपचार हुनुको साटो झन रोग बलझिन्छ पोत, अनि फेरि महँगो अस्पतालमा गई उपचार गर्नु पर्छ ।

स्वास्थय मन्त्रालयको निर्दे्शिका अनुसार कुनै पनि पोलिक्लीनिक दर्ता गरि ईजाजत लिनुपुर्व सो स्वास्थय क्लिनिक , अस्पताल ,पोलिक्लिनिक हरुको मापदण्ड देखिनुपर्छ । मापदण्ड पुगेको आधारमा सम्बन्धित निकायले ईजाजत मात्र दिन्छ सो मापदण्ड दुहबी नगर भित्र संचालनमा रहेको स्वास्थय क्लिनिक , पोलिक्लिनिक अस्पतालहरु मापदण्ड नपुगेको कारण अबैध किसिम ले संचालन गरेको
जानकारहरु बताउछन । पछिलो चरणमात दुहबीमा च्याउ जतिकै स्वास्थय क्लिनिक पोलिक्लिकहरु संचालन
हुदैछन ।

दुहबी नगर भित्र कतिपै ठाउँमात अर्काको नाउमा दर्ता भएको फार्मेसी दबाई पसलहरु केहि रकम तिरेर दबाई बेच्ने पसल संचालकहरु सम्बन्धित निकायको ईजाजत बिनै कुनै बिसेषज्ञ डाक्टरनै नराखि फार्मेसीमा दबाई बेच्ने गरेको र पसल संचालकहरु आफै डाक्टर बनि बिरामि हरुको जाँच गरिरहेको देखिदापनि हाल सम्म पनि दुहबी नगरपालिकाका स्वास्थय शाखामा पटक–पटक स्थानीयहरुले गुनासो राख्दा समेत न त अनुगमन हुन्छ न कार्वाही नै । कार्वाही नभएपछि स्थानीय युवाहरू आक्रोशित देखिन्छ । सो बीषयमा दुहबी नगर स्वास्थय प्रमुख बिन्देश्वर प्रसाद मेहताले अबैध अस्पताल तथा पोलिक्लिनिक सन्चालन गर्ने स्वास्थ्य संस्थाहरुको अनुगमन समिति बनीसकेकाले केहि दिनमै अनुगमन हुने बताए।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्