Logo
७ बैशाख २०८१, शुक्रबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्नीले खोलिन् लेदरको सामान प्रयोग नगर्नुको रहस्य

लेदरको सामानहरु जनावरको अंगबाट बनाइने हुनाले बलिउड नायिका सन्नी लियोनीले आफ्ना फ्यानहरुलाई छालाको सामान प्रयोग नगर्न आग्रह गरेकी छिन् ।

उनको मुख्य उद्देश्य भनेको जनावरलाई बचाउनु हो । उनले जनावरलाई बचाउने कसम खाएको समेत उल्लेख गरेकी छिन् ।

उनले भनेकी छन्,हामीसँग छनोट गर्नका लागि अरु थुप्रै विकल्प हुदाहुदा पनि जनावरलाई कष्ट दिएर बनाएको लेदरको सामान प्रयोग गर्नुको केहि अर्थ छैन ।

यस्तै, अर्की नायिका राकुल प्रितले पनि आफू अब शाकाहारी भएको बताएकी छिन् । उनले पनि जनावरको सुरक्षालाई ध्यान राखेकि हुन् । मासु क्रेजी राकुलले शाकाहारी बन्ने पछि आफूले आनन्द महसुस गरेकि बताइन् ।

उनले, यो आफ्नो जीवनको सबैभन्दा ठूलो निर्णय भएको समेत उल्लेख गरिन् साथै राकुलले भारतीय मिडियासँग भनिन्–‘मलाई सागपात मनपर्र्छ । तर म निकै मासु खान्थेँ । एक दिन शाहकारि बन्ने सोच आयो, अहिले उनि यो सोचले निकै खुसि छिन् ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्