Logo
८ बैशाख २०८१, शनिबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा मसल एण्ड मेसिन जिम क्लबको समुद्घाटन

सुनसरीको दुहबी ५ स्थित दुहबीमा मसल एण्ड मेसिन जिम क्लबको सोमवार समुदघाटन भएको छ ।
दुहबी ५ नम्वर वडाका वडाध्यक्ष रमेशकुमार रौनियार र दुहबी ६ नम्बर वडाका वडाध्यक्ष मुन्ना हलुवाईले संयूक्तरूपमा रिवन काटेर समुद्घाटन गरेका हुँन । ६० जनाको क्षमता रहेको जिम क्लब दुहबीका २ जना यूवा राजु दत्त र पंकज दत्तले २० लाखको लगानीमा शुभारम्भ गरेको जनाए ।

दुहवीवासीलाइ स्वस्थ्य बनाउँने उदेश्यले १–१ घण्टाको सिफ्ट गरि जिम क्लब खोलीएको पंकज दत्तले बताउँछन । सो जिम क्लब बिहान ५ बजे देखि राति १० बजे सम्म सुचारु हुने र जिम क्लबमा सुरक्षाको लागि सिसि क्यामेराबाट निगरानि गर्ने वडा अध्यक्ष मुन्ना हलुवाईले बताए । साथै महिलाहरुकोलागि जुम्बा तथा डान्स समेत संचालन गर्ने जिम क्लबका सन्चालक पंकज दत्तले बताए । समुदघाटन कार्यक्रममा स्थानिय यूवाहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्