Logo
७ बैशाख २०८१, शुक्रबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा महिलाहरुको उत्थान, शसक्तिकरण र विकासका लागि शिपमुलक तालिम

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मा दुहबीमा महिलाहरुको उत्थान, शसक्तिकरण र विकासका लागि १ महिने शिपमुलक तालिम समपन्न भएको छ । १ महिने शिपमुलक कुशन, गुडिया बनाउने तालिम सोमबार समापन भएको
हो । एक महिना अगाडी सो तालिम सुरु भएको थियो । महिलाहरुलाई आयआर्जनका कृयाकलापमा जोड्न,
उनिहरुलाई स्वरोजगार बनाउन यस्तो तालिमको आयोजना गरिएको दुहबी वडा नम्बर ४ का वडाअध्यक्ष राजन बस्नेतले बताए। महिलालाई आत्मनिर्भर वनाउदै स्थापित गर्न तालिम आयोजना गरिएको बस्नेतले वताए ।

वजारको अभाव हुन नदिन पहल गर्ने प्रतिवद्धता जनाउदैं तालिम लिएका महिला ब्यवसायी वन्ने उनको अपेक्षा छ । लक्षित वर्ग महिला, आदिवासी, जनजाती, दलित महिलाहरुको उत्थान, शसक्तिकरण र विकासका लागि वडा बाट कार्यक्रम
संचालन गरिएको दुहबी नगर पालिकाका योजना अधिकृत चुडामनी गुरागाईले बताए । गुरागाईले तालिममा सहभागि ३१ जना महिलाहरुले सिकेको शीपलाई सदुपयोग गरि आत्मनिर्भर वन्न सल्लाह दिए ।

वडा नम्बर ४ को आर्थिक सहयोगमा संचालित तालिममा महिलाहरुलाई कुशन, गुडिया बनाउन सिकाइ सफल उधमि बनाउने लक्षय रहेको आयोजक संस्था ग्रामिण महिला उत्थान मञ्च की अध्यक्ष सुनिता बिश्वासले तालिम पछि महिला दिदी वहिनी उद्यमी वन्ने बताइन । सहभागि महिला तथा किशोरीहरुले सिप सिकेर
आयआर्जन समेत गर्न थालेको बताएका थिए । सहभागि महिलाहरु मध्ये निता कुमारी चौधरी, मिनु कुमारी चौधरी, सिर्जना खरेल लगायतले सिप सिकेर आयआर्जन समेत गर्न थालेको बताएका थिए ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्