Logo
१५ चैत्र २०८०, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वसन्ता प्रकृतिको ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा’ भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा’ सार्वजनिक भएको छ ।

राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा’को भिडियो सार्वजनिक भएको हो ।वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो ।

डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् ।

गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । गीतलाई प्रिज्मा रेकडिङ स्टुडियोमा रेकड् गरिएको हो ।

https://youtu.be/eW0LcZ3gsV0

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्