Logo
६ बैशाख २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसबाट बिरामी हुनेको संख्या ७१ हजार नाघ्यो, १७७५ को मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट हाल सम्म ७१ हजार बिरामी परेका छन्। आइतबार मात्रै थप एक हजार नौ सय ३३ जनामा संक्रमण देखिएको छ।

विश्व स्वास्थ्य संघ (डब्लूएचओ)का अनुसार, सोमबार बिहानसम्म चीनलगायत संसारका २७ देशमा कोरोना भाइरसको संक्रमणबाट बिरामी हुनेको संख्या ७१ हजार नाघेको पूष्टी भएको हो । भाईरसबाट संक्रमित भएका अधिकांश चीनमा रहेका छन्।

डब्लूएचओका अनुसार, चीनमा ७० हजार पाँच सय ४८ जनामा संक्रमण देखिएको छ। चीनबाहिर अन्य देशमा सात सय ७१ जनामा संक्रमण देखिएको हो। त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। आइतबार मात्रै थप एक सय पाँच जनाको मृत्यु भएको चीनको हुवाई प्रान्तीय सरकारले जनाएको छ। सोमबार बिहानसम्म एक हजार सात सय ७५ जनाको मृत्यु भएको जनाएको छ।

यसमध्ये पाँच जनाले मात्रै चीनबाहिर ज्यान गुमाएका छन्। एक हजार सात सय ७० जनाको चीनमै ज्यान गएको हो। यसमा ६ जना चिकित्सक पनि रहेका छन्। बिरामीको उपचारका क्रममा संक्रमित हुँदा उनीहरूको ज्यान गएको हो। उपचारका क्रममा एक हजार सात स्वास्थ्यकर्मी बिरामी परेका छन्।

कोरोना भाइरसको उपचार गरेर केही बिरामी निको पनि भएका छन्। चीनमा सोमबारसम्म १० हजार आठ सय ४४ जना निको भएर घर फर्केको चीनको स्वास्थ्य आयोगले जनाएको छ। चीनमा रहेका आफ्ना नागरिकलाई विभिन्न देशले फिर्ता लगिरहेका छन्। वुहानमा रहेका एक सय ७५ जना नेपाललाई आइतबार फिर्ता लिइएको छ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्