Logo
६ बैशाख २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमिला राईको ‘प्रश्न ! लुकेका कुरा’ गीतको भिडियो सार्वजनिक (हेर्नुस् भिडियो )

पहिलो नेपाल आईडल टप ७ प्रमिला राईको स्वर रहेको ‘प्रश्न ! लुकेका कुरा’ गीतमा भिडियो निर्माण भएको छ । चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई निर्देशन गरेका छन् ।

समलिङ्ीको प्रेम, ईमोशन र मानसिक द्धन्दलाई भिडियोको थिम बनाईएको छ । करिब १ हप्ता लगाएर हामीले छायाङ्कन गर्यौ निर्देशक पोमो भन्छन् ।

चलिरहेको प्रेमील भिडियोभन्दा पृथक थिममा काम गर्न च्यालेञ्ज थियो तर दर्शकहरुका लागि हिडन ईमोशनलाई पात्रहरुको माध्यमबाट भिडियोमा उत्तार्दा खुसी लागिरहेको छ ।

सयौं म्युजिक भिडियो निर्देशन हुदै नेचर गाई मार्फत चलचित्र निर्देशनमा होमिएका पोमोले हङकङको लोकेशनमा दुई दर्जन भिडियो निर्देशन गरिसकेका छन् ।

मज्जाको प्रडक्सन हङकङको ब्यानरमा निर्माण गरिएको भिडियोलाई मज्जाको राईले खिचेका हुन् । ओम गुरुङ, ट्रेसी राई, दिनेश खत्रीको अभिनय रहेको भिडियोलाई अनिल के महर्जनले सम्पादन गरेका छन् ।

गीतमा रेज लिम्बुको शब्द, संगित रहेको छ ।हङकङको विभिन्न पर्यटकीय स्थलहरुमा भिडियोको छायाङ्कन गरिएको छ । हामीले लगानीमा सम्झौता गरेनौ, निर्माता तथा सिनेमेटोग्राफर मज्जाको राई बताउछन् ।

हङकङको ब्यस्त समयमा पनि निरन्तर भिडियोको थिमलाई न्याय दिनका लागि कोशिस गरेका छौ, दर्शकहरुको सकारात्मक प्रतिक्रियाले उर्जा मिलेको छ ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्