Logo
११ बैशाख २०८१, मंगलबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय बिमानस्थल हुँदै अन्य देश जाने नेपालीलाई एयरपोर्टमै रोक लगाइने भारतको निर्णय

नेपालको स्थल मार्गबाट भारत पुगेर, त्यसपछि भारतीय एयरपोर्टबाट अन्य तेस्रो मुलुक जाने नेपालीले उडान अनुमति नपाउने भएका छन् ।

भारत सरकारको निर्णय अनुसार नेपालबाट स्थलमार्ग हुँदै दिल्लीको विमानस्थलबाट विदेश जाने नेपालीलाई रोक लगाउने निर्णय गरेको भारतस्थित नेपाली राजदुतावासले जनाएको छ ।

भारत हुँदै तेस्रो मुलुक जानका लागि नेपालको अध्यागमन विभागले छाप लगाएको हुनुपर्ने तर स्थल मार्गबाट जाने नेपालीलाई पासपोर्टमा छाप लगाउने व्यवस्था अध्यागमन विभागले नगरेको भन्दै दुतावासले नेपाली विमानस्थलमार्फत नै गन्तव्यतर्फ जान सुझाव दिएको छ ।

भारतस्थित नेपाली राजदुतावासले जारी गरेको विज्ञप्तीमा नेपालको स्थल मार्ग भएर भारतीय बिमानस्थलमार्फत् विदेश जाने नेपाली युवालाई विमानस्थलमै रोक लगाइने भएका कारण नेपालकै विमानस्थल प्रयोग गर्न सुझाव समेत दिएको छ ।

नेपालको अध्यागमन विभागको छाप नभएको राहदानीबाहेक भारतीय बिमानस्थल प्रयोग गरी तेस्रो मुलुक जान नपाउने व्यवस्था रहेको भन्दै समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै प्रयोग गर्न विज्ञप्तीमार्फत् आग्रह गरेको छ ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्