Logo
६ बैशाख २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा दिन दहाडै चोरको बिगबिगी

सुनसरीको दुहबी नगरपालिका वडा नम्वर ७ भलुवा गाउँमा दिन दहाडै चोरको बिगबिगी हुँन थालेको छ ।
स्थानीय सितलबति तवदारको खेतबाट अन्दाजी १८ किलोको खसी चोरि भएको उनले बताए । आफ्नै खेतमा चर्नकालागि ठोकी राखेको खसी गत शुक्रवार दिउँसो २ बजे चोरी भएको उनले जानकारी दिए ।

९९८५ नम्बरको रातो अटोमा दुइजनाको समुहमा आएका चोरहहले खेतबाट डोरी उखालेर खसीलाइ जबरजस्ती अटोमा हालेर कुलेलाम ठोकेपछि हार गुहार गर्दै इलाका प्रहरी कार्यालय दुहबीमा उजुरि दिएको उनको भनाइ छ । यस अघिपनि सोही गाउँबाट ३ ओटा पानि तान्ने मोटर र खसी बाख्रा लगायत हाँस कुखुराहरु तथा सामाग्रीहरु समेत चोरी हुँने गरेको स्थानीयहरु बताउछ्न । गाउँमा दिउसै मोटरसाइकलमा शंकास्पद ब्यक्तीहरु ओहोर दोहोर गर्दा धेरैको सामानहरु चोरी भएको स्थानीयहरु बताउँछन् । २ महिना अगाडी सो ठाउँमा एकजना कुखुरा ब्यापारी मोटरसाइकलमा आउदै गरेको अवस्थामा चोरहरुबाट लुटिएको दुहबी वडा नम्बर ७ का वडाध्यक्ष बिजय कुमार चौधरीले बताए ।

१ महिना अगाडी सोही गाउँको छिमेकी गाउँ सिमरबोनामा ममता चौधरीको शंकास्पद चोटिल अवस्थामा अचेत फेला परेको ४ दिन पछि मृत्यु भएको थियो ।
दुहबीका अन्य ठाउँहरुमा समेत चोरहरुको बिगबिगि बढन थालेपछि सरकारि मोटरसाइकल चोरि देखि साईकल र अन्य समानको चोरि सम्मको घटना भएको थियो । दुहबी नगरको विभिन्न स्थानमा पनि चोरीको घटना दिनदिनै बढने क्रममा रहे पछि नाका नाकामा सिसिटिभि क्यामेरा राख्नु पर्ने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्