Logo
१२ बैशाख २०८१, बुधबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा एकै साताभित्र वार्षिक बजेट भन्दा बढीको महत्वकांक्षि योजनाहरुको शिलान्यास

सुनसरीको दुहबीमा एक साताभित्र दुहबी नगरपालिकाको वार्षिक बजेट भन्दा बढीको महत्वकांक्षि योजनाहरुको शिलान्यास भएको दुहबी नगर पालिकाका मेयर बेदनारायण गच्छदारले जानकारी दिनु भएको छ । दुहबी वडा नम्वर ७ भलुवामा आइतवार ८९ लाख ७६ हजार ६ सय १५ को लागतमा कालो पत्रे सडकको शिलान्यास गर्नु हुँदै मेयर गच्छारले शिक्षा र स्वास्थ्यलाई समेत प्रमुख प्राथमिकतामा राखेको जनाउँनुभयो ।

दक्षिण भाठीटोल हुँदै फर्साही जोडने १२ सय ७० मिटर कालोपत्रे बाटो बन्ने भएपछि स्थानियहरु हर्षित भएका थिए । उक्त सडकको शिलान्यास गर्नुहुँदै मेयर गच्छदारले दुहबी नगरपालिकाको योजना अनुसारको विकास बजेट कम भएपनि प्रदेश र संघिय सरकारबाट पहल गरि दुहबीलाइ नमूना नगरको रुपमा स्थापित गर्न आफु लागिपरेको बताउँनेभयो । यसअघि शुक्रबारनै दुहबी वडा नम्वर ४ मा ४ अटा महत्वकांक्षि योजनाकोरुपमा रहेको मनमोहन सामुदायिक भबन तथा फिजिकल फिट्नेस सेन्टर, ब्यब्स्थित हाट बजार, रंगशाला र ब्यब्स्थित माछा मासु पसलको शिलान्यास गर्नु हुँदै मेयर गच्छदारले बिकासको काममा कुनै विभेद न गर्ने प्रतिबद्धता दोहोर्याउनु भएको थियो ।

सोहि दिन दुहबी वडा नम्बर १२ मा १ करोड ४ लाख १३ हजारको लागतमा कालो पत्रे सडकको समेत मेयर गच्छदारले शिलान्यास गर्नु भएको थियो। यसै साता ७५ सुकुम्वासी तथा असाहाय घर परिवारकालागि नगर प्रमुख आवास योजना र अन्य कालोपत्रे सडकको समेत शिलान्यास र्कायक्रम हुँने जानकारी दिनुहुँदै मेयर गच्छदारले दुहबीको बसपार्क, दुहबी नगर पालिकाको कार्यालय अगाडी रहेको १० कठ्ठा जग्गामा सपिङ कम्प्लेक्स, एग्रो प्रोसेस सेन्टर,मिल्क प्रोसेस सेन्टर,फोहोर ब्यब्स्थापन सेन्टर, स्लेटर हाउस लगायतको योजनाको डिपिआर भैसकेकोले चाडैनै काम सुरु हुने जानकारी दिनु भयो ।
मेयर गच्छदारले ठुला–ठुला योजनाको डिपिआर तयार भएकाले आफुले प्रदेश र संघिय सरकारसँग पहल गरेतापनि उनिहरुकै ढिलासुस्तीका कारण काम ढिलो भएको जनाए ।

कार्यक्रममा सुनसरी मोरङ सिंचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द बिश्वास, नेकपाकी नेतृ चन्दकला विश्वास, आधारभुत बिद्यालय व्यवस्थापन समिति भलुवाका अध्यक्ष अरविन्द सरदारले शुभकामना मन्तव्य दिनुहुँदै गुणस्तरिय काम गर्नुपर्नेमा जोड दिनुभयो । शिलान्यास समारोह कार्यक्रममा दुहबी वडा नम्बर ७ का वडाध्यक्ष बिजय कुमार चौधरी, वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु,समाजसेवी, स्थानिय
राजनितिक दलका नेता कार्यर्कताहरु, संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानियवासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्