Logo
१३ बैशाख २०८१, बिहीबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्नी कोमलसहित भारत भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणमा आज आइताबार साझ पत्नी कोमलसहित विस्तार एयरलायन्सको विमानबाट शाहदम्पत्ति सहितको टोली दिल्ली प्रस्थान गरेका छन् ।

यो भ्रमण टोलीमा उनकी बहिनी शोभा शाही तथा मोहनबहादुर शाही र केही अन्य नजिका नातेदार पनि रहेका छन्

दिल्लीबाट पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शनका लागि उनीहरु त्यसतर्फ प्रस्थान गर्ने निर्मल निवास सचिवालयले बताएका छन् ।

गोल्डेन टेम्पल दर्शन गरी सकेपछि टोली पुनः दिल्ली फर्कने र केही दिन त्यहाँ नै बिताएर करिब दुई सातापछि पूर्व राजा नेपाल फर्कने जानकारी स्रोतले दिएको छ ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्