Logo
१३ बैशाख २०८१, बिहीबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड स्टारहरुका आनिबानि देखेर सबै अच्मित, बाथरुममै पुस्तकालय र टेलिफोन !

कतिपय स्थान यस्ता हुन्छन् जहाँ जुत्ता लगाउनु उचित वा शोभनिय मानिदैन । यस्तो स्थान मा पनि बलिउड बादसा शारुख खान जुत्ता खोल्न आनाकानि गर्छन् । भनिन्छ, बेलाबखत उनि जुत्ता लगाएरै ओछयान पुग्ने गर्छन । बलिउड बादशा चुरोट जस्तो हानिकारक कुरामा अम्मली हुने गर्छन ।

बलिउडको शान मिस्टर परफेक्शनिस्ट आमिर खान नुहाउन अल्छी गर्छन । उनलाई नुहाउन उनको श्रीमतीले आग्रह गर्नुपर्छ । बलिउडको महान नायक सैफआलि खान बाथरुममा लामो समय बिताउने हुनाले उनको यो खराब बानी मानिन्छ । उनको बाथरुमै पुस्तकालय र टेलिफोन छ भन्ने सुनिन्छ ।

बलिउडको ”हट” अभिनेत्री करिना कपुरको नङ् टोक्ने बानि चाहिँ साहै्र अनौठो छ ।उनले यो बानि चाहिँ अहिले सम्म पनि हटाउन सकेकी छैनन् ।टवाइलेटमा मेवा खाने अभिनेता जितेन्द्रको अनौठो बानि छ । उनि अक्सर टवाइलेटमा बसेपछि मेवा खान रुचाउँछन र, टवाइलेटमा मेवा लिएर जान्छन् ।

बलिउडको सफल अभिनेत्री सुष्मिता सेन खुल्ला अकाशमुनि नुहाउँन रुचाउँछिन ।त्यसैले उनले आफ्नो घरको छतमा बाथटप राखेकी छिन् । सबैभन्दा अनौठो बानि चाहिँ उनलाई सर्प पाल्ने रहर हो । उनले आफनो यो रहर चाहि पाइटन नामक सर्प पालेर गरिन ।

बलिउडमा नाम कमाउन र सबैको मनमा राज गर्न सफल भएका अभिनेता अमिताभ बच्चन दुवै हातमा घडी लगाउँछन् । जब अभिषेक पढ्नको लागि विदेश गएका थिए त्यसबेला भारत र त्यहाँको टाइमजोनको कारण उनले दुवै हातमा घडि बाधँेका थिए ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्