Logo
१५ चैत्र २०८०, बिहीबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कस्तो थियो वुहान बाट नेपाल आउन नपाएका १० जनाको अवस्था ?

लामो तयारीपछि चीनको वुहानबाट नेपालीहरु फर्काउन सरकार सफल भएको छ ।

कोरोना भाइरसका कारण चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १ सय ७५ जनालाई हाल भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।

आइतरबार बिहान ५:३० बजे प्रहरीको सुरक्षाघेरमा रहेर चीनबाट ल्याइएका नेपालीहरुलाई खरिपाटीमा राखिएको हो । नेपाल आउन एक सय ८५ जना तयारी अवस्थामा रहे पनि आज एक सय ७५ जनालाई मात्र ल्याइएको थियो ।

विमानस्थलमा पुगिसकेपछि पुर्वनिर्धारित कार्यक्रम अनुसार सबै नेपालीको स्वास्थ्य परिक्षण भयो। पहिलो मापदण्ड थियो, शरीरमा ३७.३ डिग्रि सेल्सियसभन्दा बढी तापक्रम हुन नहुने। त्यसभन्दा बढी तापक्रम भए त्यसलाई शंकास्पद मानेर चीनमै उपचार गर्ने तय भएको थियो।

एकपछि अर्को नेपालीको प्रशिक्षणका क्रममा १ सय ८५ मध्ये १ सय ७५ जना मेडिकलमा पास भए। उनीहरुले बोर्डिङ पास पाए। जसमा वुहानमा रहेका ५५ जना, इन्सीका २६ जना, साइयानका २९ जना, यीचाङका ८ जना, जिङमेनका ९ जना र जिङझाउका ४८ जना थिए।

तर, विमानस्थलमा पुगेका १० जनामध्ये ६ जना तापक्रम बढी भएका कारण एयरपोर्टमै रोकिए। त्यसपछि बाँकी चार जनाले पनि पहिले फर्कन नाम लेखाएपनि पछि फर्कन नचाहेका कारण उतै बस्ने निर्णय गरे।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्