Logo
१३ बैशाख २०८१, बिहीबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश : रक गार्डेनमा अवलोकन गर्नेहरुको घुइँचो

कर्णाली प्रदेश स्थित रोल्पा जिल्ला अन्तरगत रोल्पा नगरपालिकाले निर्माण गरेको ढुङ्गे बगैँचा (रक गार्डेन) मा आन्तरिक पर्यटकको चहल-पहल बढेसंगै यहाँका होटल व्यवसायीहरुमा समेत व्यस्तता देखिन थालेको छ ।

पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले रोल्पा नगरपालिका–३ सातदोबाटोमा उक्त बगैँचा निर्माण गरिएको थियो । अहिले छोटो अवधिमा अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले शनिबार ३०० बढीले अवलोकन गरेको जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालय र सो नगरपालिकाले संयुक्त रुपमा रु १३ लाख खर्च गरी बगैँचा निर्माण गरेका थिए । चालू आर्थिक वर्षमा बगैँचाको थप काम गर्ने नगर प्रमुख पूर्ण केसीले जानकारी दिएका छन् ।

नगरपालिका–३ का वडाध्यक्ष इन्द्रबहादुर थापाले बगैँचाले नगरको सुन्दरता बढेको जानकारी दिएका छन् । ढुङ्गाबाट निर्मित उक्त बगैँचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका अतिरिक्त प्यूठान दाङबाट समेत आउने गरेको छन् ।

जलजला भ्रमण गर्न आउने पर्यटकले बगैँचा पनि अवलोकन गर्ने गरेका जनाइएको छ ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्