Logo
४ बैशाख २०८१, मंगलबार
(February 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्लिम समुदायको धार्मिक सम्मेलन सुरु, भारतबाहेक अन्य देशबाट आएका सबै फिर्ता

विभिन्न उत्तारचढावकावीच मुस्लिम समुदायको धार्मिक सम्मेलन अर्थात इज्तिमा शनिबारबाट प्रदेश २ स्थित सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा सुरु भएको छ ।

आयोजकले सुरुमा नेपाल सरकारलाई नेपाल तथा भारतका सहभागी मात्र हुने बताएर अनुमति लिएको र पछि तेश्रो मुलुकका पनि सहभागी आएपछि सम्मेलन विवादित बनेको थियो ।

करिब २ लाख मुसलमान सहभागी हुने बताइएको उक्त इस्लामिक सम्मेलनमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

पाकिस्तान, बंगलादेश, साउदी अरेबिया, मलेसिया र थाइल्यान्डलगायतका मुलुकबाट आएका सहभागीहरुलाई शुक्रबार साँझ आयोजकले फिर्ता पठाएपछि शनिबारबाट सम्मेलन सुरु भएको हो ।

यद्यपि सप्तरी सदरमुकाम राजविराजका एक होटेलमा अझै पनि केही पाकिस्तानी नागरिकहरु रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

३ दिनसम्म चल्ने सम्मेलनका लागि खड्ग नदी किनारस्थित जाजरमा ठूलो पण्डाल लगाईएको छ । शनिबार बिहानसम्ममा एकलाख सहभागी आइसकेको र अझै आउने क्रम जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

सम्मेलनलाई ध्यानमा राख्दै व्यापक संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्लाका सुरक्षा प्रमुखहरु आफैले पनि सम्मेलनस्थलको सुरक्षाको कमाण्ड सम्हालेका छन् ।

इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा अधिकारीहरुले पनि चासो देखाएका छन् । शुक्रबार दिउँसो सीमावर्ती लौकही थानाका प्रमुख अरविन्दकुमार इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा आएर सप्तरीका डिएसपी तिलक भारतीसहितका सुरक्षा अधिकारीहरुलाई भेटी सम्मेलनबारे छलफल गरेका थिए ।

थाना प्रमुख अरविन्दकुमारले सम्मेलनमा आएका पाकिस्तानी नागरिकको घुसपैठ भारततर्फ हुन सक्ने भएकोले आफूहरुको चासो बढाएको बताए ।

प्रकाशित मिति: Feb 15, 2020

प्रतिक्रिया दिनुहोस्