Logo
६ बैशाख २०८१, बिहीबार
(February 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको उद्‍गमस्थल चीनमा रहेका नेपालीको उद्धारमा चार्टड विमान उड्दै

विश्वभर नै आतंकित बनाईएको कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

चीनको हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसो नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उड्दैछ ।

शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाड उडेको विमान राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ । आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्नेछ ।

शनिबार बिहान हुबेईका विभिन्न सहरमा रहेका नेपालीहरुलाई वुहान ल्याउने क्रम जारी रहेको छ । वुहान र आसपासका सहरमा गरी १८२ जना नेपाली रहेका छन् ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ । विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।

प्रकाशित मिति: Feb 15, 2020

प्रतिक्रिया दिनुहोस्