Logo
१३ बैशाख २०८१, बिहीबार
(February 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङको सुन्दरहरैचामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु २ गम्भीर घाइते

मोरङको सुन्दर हरैचा नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको
को २७ प १७ नं को र को ३४ प ६६०२ नं को मोटरसाइकल ओभरटेक गर्ने क्रममा एक आपसमा ठक्कर खाँदा दुवै मोटर साइकलमा सवार ४ जना मध्य २ जनाको घटनस्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भई घाईतेलाई सलकपुर बाट खटिएका विदुर भट्टराईको ७ जनाको टोलीले उपचारको लागि गोल्डेन अस्पताल बिरटनगर पठाइएको छ।

दुर्घटनामा परी मोटरसाइकल मा सवार संख्वासभा चैनपुर न पा २ बस्ने २१ वर्षीय लक्ष्मण खत्री र सुन्दर हरैचा ८ बस्ने २० वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् भने सुन्दर हरैचा ८ बस्ने २७ वर्षका विशाल खत्री साथै सुन्दर हरैचा १२ बस्ने २५ वर्षीय अर्पण गुरागाईँको घटनास्थलमा नै मृत्यु भएको छ भने सो मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: Feb 15, 2020

प्रतिक्रिया दिनुहोस्