Logo
१५ चैत्र २०८०, बिहीबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलतर्फबाट भएको क्षेप्यास्त्र आक्रमणमा ७ जना मारिए

इजरायली क्षेत्रबाट त्यहाँका सेनाले गरेको एक क्षेप्यास्त्र आक्रमणमा परी दमासकसनजिकै तीन सिरियाली र चार इरानी लडाकू मारिएका सिरियाली युद्धलाई अनुगमन गरिरहेको एक मानव अधिकारी समूहले जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले दमासकस एयरपोर्ट क्षेत्रमा भएको सो आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिक र इरानको क्रान्तिकारी गार्डका चार सदस्यको मृत्यु भएको जनाइएको छ ।

सिरियामा सन् २०११ को मार्चमहिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही महिनापछि गृहयुद्धमा परिणत भयो । यस गृहयुद्धको क्रममा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो ।

सो सयमदेखि हालमा यस युद्धमा परी करिब चार लाख व्यक्तिको मृत्यु भएको छ भने लाखौको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन् । लाखौ व्यक्ति आफ्नो देश र विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् ।

देश कमजोर भएको यस अवस्थामा छिमेकमा पर्ने देशहरु टर्की र इजरायलगायतले बारम्बार आक्रमण गरेको पाइन्छ ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्