Logo
४ बैशाख २०८१, मंगलबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट १८५ नेपालीलाई भोलि नेपाल ल्याउँदै : भक्तपूरको खरिपाटीको क्वारेन्टाइनमा राख्ने

कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान भोलि चीनतर्फ प्रस्थान गर्ने भएको छ ।

हालकोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८३ पुगेको हङकङ डेटलाइनमा सीएनएनले लेखेको समाचारमा उल्लेख गरेको छ । ६४ हजार भन्दा बढी प्रभावित भएका छन् ।

कोरोना भाइरसबाट चीनको वुहान सबैभन्दा बढी प्रभावित छ । कोरोनाबाट समग्र प्रभावितमध्ये ८० प्रतिशतभन्दा बढी वुहानकै छन् ।

निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने जानकारी दिएकी छन् ।

विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान भने गोप्य राखिएको प्रवक्ता खड्काले बताएकी छन् ।

चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने उनले बताएकी छन् ।
विमान आइतवार बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ ।

वुहानबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन तयार पारिसकेको छ । सो क्वारेन्टाइनमा १८५ जनालाई खरिपाटीमा राख्ने गरी तयारी भएको छ ।

भक्तपूर बासीमा भने त्रास फैलीएको छ त्यहाँका स्थानीय जनताले भने क्वारेन्टाइन निर्माण गर्न लागेदेखि विरोध प्रर्दशन गर्दै आएका थिए ।

सरकारले भने जवरजस्ती क्वारेन्टाइन प्रहरी तयनाथ गरि सो क्वारेन्टाइन निर्माण गरेको थियो । कोरोना संक्रमति क्षेत्रका चीनबाट ल्याइने नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिन्ने छ ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्