Logo
१५ चैत्र २०८०, बिहीबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हल्का हल्का गुनगुनायो’ गीतको भिडियो सार्वजनिक (हेर्नुस् भिडियो)

गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो…’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ/माष्टरिङ गरेका छन् ।

निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन र सुरेश काफ्लेको ड्रोन रहेको छ ।

दर्जनौ गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल इन्दिराका माया प्रेम, आधुनिक, तीजकालगायत थुप्रै गीत सार्वजनिक छन् । ‘मेरा अन्य गीत जस्तै ‘हल्का हल्का गुनगुनायो…’ले पनि स्रोता/दर्शकको साथ पाउनेमा आशावादी छु’, इन्दिराले भनिन् ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्