Logo
१५ चैत्र २०८०, बिहीबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफैलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार आफैलाई पेटमा गोली हानि गम्भीर घाइते भएका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।

उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिइन् ।

“रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ”, प्रहरी उपरीक्षक सिग्देलल भनिन् ।

गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्