Logo
१२ बैशाख २०८१, बुधबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा २५ औ जनयुद्ध दिवसको उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न

नेकपा दुहबी नगर समितिले २५ औं जनयुद्ध दिवसको अवसरमा विहिवार बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको
छ । सो रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए। उनिहरुले बिरामीहरुलाई रगत उपलब्ध गराउने उदेश्यले रगत दान गरेका हुन्। स्थानिय सर्वसाधरणहरुले पनि रक्तदान गरेका हुँन्।

रक्त सन्चार केन्द्रमा रगतको अभाव हुँदा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचार नै प्रभावित हुँने भएकोले खुल्ला रक्तदानको कार्यक्रमको आयोजना गरिएको नेकपा दुहबी नगर समिति स्वास्थ बिभाग प्रमुख गोबिन्द लुईटेल बताए । सो रक्तदान कार्यक्रम दुहबी नगर पालिकाको भवन अगाडि आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि नेकपाकी केन्द्रिय सद्स्य भगवती चौधरीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको
थियो । नेकपा दुहबी नगर समितिको आयोजना गोल्डेन अस्पताल बिराटनगरको सहयोग तथा नेपाल रेड क्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको नेकपा दुहबी नगर कमिटी ईन्चार्ज राजन चौधरिले जानकारी दिएका छन । कार्यक्रममा दुहबी १, ३ र ४ का वडाध्यक्ष लगायत स्थानिय नेकपाका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्