Logo
१३ बैशाख २०८१, बिहीबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट आउने आगन्तुकमाथि अस्ट्रेलिया सरकारले लगाएको प्रतिबन्ध लम्बियो

पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीब्र रुपमा बढेपछि चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरू एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ।

प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियालीलाई कोरोना भाइरसको जोखिमबाट जोगाउन अरू केही हप्ता चीनको मुख्य भूभागबाट आउने आगन्तुकमाथि रोक लगाइएको जानकारी दिए।

उनले यो प्रतिबन्ध भाइरसको परिस्थितिमा विचार गरेर हप्तैपिच्छे निर्णय लिइने बताए। यस निर्णयले अष्ट्रेलियाका पर्यटन व्यवसायीलाई ठूलो चोट पुगेको छ। चिनियाँ पर्यटकको हिस्सा घटेपछि व्यवसायमा ठूलो नोक्सानी भएको छ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्