Logo
१३ बैशाख २०८१, बिहीबार
(February 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कसरी घटाउने मोटोपन ? थाह पाइराख्नुस् बिभिन्न सरल तथा घरेलु उपायहरु

मोटोपनले रोगलाई जन्म दिन्छ । अहिले अधिकांशलाई यसको हेक्का छ । त्यसैले ज्यान बढाउने होइन, घटाउने चक्करमा लागेको देखिन्छ । अर्थात शरीरलाई चुस्त र छरितो बनाउने ध्याउन्नमा लागेको देखिन्छ ।

मोटोपन अहिले धेरैको निम्ति टाउको दुखाईको विषय बनेको छ । अनियन्त्रित खानपान, ऐश-आरमको बसोबासले मोटोपनको समस्या बढाएको छ । मोटोपन यसकारण समस्या हो कि, यसले शरीरलाई भद्दा देखाउने मात्र होइन रोग समेत निम्त्याउँछ ।

मोटो शरीर हुनु भनेको शरीरमा अतिरिक्त बोसोको भण्डार हुनु हो । यसले रक्तनलीहरुलाई थप साँघुरो बनाउँछ । मुटु, कलेजो, मृगौलाको कार्य-संचालनमा अवरोध पुर्‍याउँछ । यसले अनेक किसिमको रोग निम्त्याउँछ । जस्तो कि, उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर आदि ।

कसरी घटाउने मोटोपन ?

मोटोपन घटाउनका लागि सन्तुलित, स्वस्थ्य र अनुशासित जीवनशैली पहिलो सर्त हो ।

१. खाना घटाउने होइन । बरु, स्वस्थ्य एवं पोषणयुक्त खानेकुरा सेवन गरौं । ताजा र मौसमी फलफूल, सागसब्जीमा जोड दिनुपर्छ । यस्ता खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । शरीर स्वस्थ्य हुन्छ ।

२. बजारमा पाइने प्रशोधित खानेकुरा, जंकफूड, चिल्लो-चाप्लो खानेकुराले मोटोपन बढ्छ । यस्ता खानेकुरा पूर्ण रुपमा त्यागौं ।

३. दिनमा एक वा दुई छाक मात्र खाने होइन । दिनभरमा तीन/चार छाक खानेकुरा खाने । तर, हरेक पटकमा थोरै थोरै खाने गरौं । एकै पटकमा धेरै खानेकुरा सेवन गर्दा त्यसले मोटोपन बढाउँछ ।

४. सकेसम्म तारेको, भुटेको, मसलेदार खानेकुरा होइन, उसिनेको खानेकुरा सेवन गरौं । सागसब्जी उसिनेको खान सकिन्छ । सागसब्जीको रस सेवन गर्न सकिन्छ । फलफूल वा सलादको मात्रा बढाउन सकिन्छ । मोटोपन घटाउने प्रभावकारी उपाय हुन् यी ।

५. दिनचर्या सन्तुलित हुनुपर्छ, अनुशासित हुनुपर्छ । बिहान चाडै उठ्ने, व्यायाम गर्ने गरौं । बेलुकी चाडै सुत्ने गरौं । राती लामो समयसम्म बस्दा भोक लाग्छ । खानेकुरा खाइन्छ । त्यसले शरीरमा अतिरिक्त खानेकुरा भण्डारण हुनुपुग्छ, जो मोटोपनको कारण बन्छ ।

६. शारीरिक श्रम गरौं । एकै ठाउँमा लामो समय बस्ने नगरौं । केही न केही शारीरिक क्रिया गरौं । कार्यलय वा घरमा बस्दा पनि उठ्ने, हिँड्ने गरौं ।

७. विहानको समयमा व्यायामको लागि छुट्याउनुपर्छ । बिहान ३५ मिनेटदेखि ४५ मिनेटसम्म निरन्तर व्यायाम गरौं । हिँडौं ।

८. मदिरापान र त्यससँग गरिने स्न्याक्सले मोटोपन बढ्छ । यस्ता खानेकुरा त्यागौं ।

 

घरेलु उपाय 
१. कागती पानी

दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।

२. खैरो चामलको भात

यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने बढि सेतो चामलको भात खाने बानी त्याग्नुहोस् । यसका अलावा आफ्नो खानामा गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् ।

३. गुलियोबाट टाढा

यदि तपाईं मोटोपन कम होस् भन्ने चाहनुहुन्छ भने चिनिजन्य परिकार मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

४. पानी धेरै पिउने

मोटोपन काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

५. काँचो लसुन

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको २-३ पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले मोटोपन घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

६. मांसाहारी भोजनबाट टाढा

मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

७. धेरै सागसब्जी र फलफूल खाने (शाकाहारी जीवनशैली)

शाकाहारी जीवनशैली अपनाउनुहोस् । खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।

८. खानामा तौल बढाउने खालका मसलाको प्रयोग नगर्ने

खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

९. बदामको प्रयोग

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

१०. शारारिक ब्यायाम

दैनिक शारारिक ब्यायाम गरेर शरिरको बोसो घटाएर मोटोपन कम गर्नुहोस ।

प्रकाशित मिति: Feb 13, 2020

प्रतिक्रिया दिनुहोस्