Logo
७ बैशाख २०८१, शुक्रबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमालयन शेर्पा र जाउलाखेल बराबरीमा

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले ३-३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको पहिलो हाफ सकिँदा १० खेलाडीमा सीमित जावलाखेलविरुद्ध शेर्पाले ३-१ को अग्रता बनाएको थियो तर खेलको दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै खेललाई तीन–तीन गोलको बराबरीको स्थितिमा पु¥यायो ।

खेलको पाँचौँ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २६औँ मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई दोस्रो अग्रता दिलाए ।

खेलको ३५औँ मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा समेटिएको हो ।

काउन्टरमा आएको बललाई डिबक्सबाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई सिधै रातो कार्ड दिएका थिए ।

त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल २-१ मा ल्याए ।

त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पालाई ३-१ को अग्रता दिलाए ।

खेलको ६०औँ मिनेटमा जाउलाखेलका फोडे फोफानाले एक गोल गरे भने अर्का खेलाडी रुपबहादुर लामाले एक गोल थपेपछि खेल तीन-तीन गोलको बराबरीमा टुङ्गियो ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्