Logo
१५ चैत्र २०८०, बिहीबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालु वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकार

सरकारले आज चालु वर्षको बजेट समीक्षा गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडा दिउँसो ३ बजे अर्थमन्त्रालयमा पत्रकर सम्मेलन गरी बजेटको अर्धवार्षिक समिक्षा गर्न लागेका हुन । समिक्षामा बजेटको आकार, राजस्वको लक्ष्य, आर्थिक वृद्धिदर संशोधन हुन सक्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोत बताउछ ।

आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य सरकारले लिएको थियो । चालु वर्षको बजेट आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ हो । अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेको छ।

बजेट खर्च र राजस्व संकलनको अवस्था हेर्दा बजेटको आकार र लक्ष्य परिमार्जन नै गर्नुपर्ने अर्थविदहरुले पनि दाबी गर्दै आएका छन्।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्