Logo
१३ बैशाख २०८१, बिहीबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य २ सयले घट्यो, बुधबार तोलाको ७५ हजार ७ सय

सुनको मूल्य २ सय ‌रुपैयाँले घटेर प्रतितोला ७५ हजार ७ सय रूपैयाँ भएको छ ।

गत आइतबार र सोमबार प्रतितोला ७६ हजार रहेको सुन मंगलबार ७५ हजार ९ सयमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले कमी आएर प्रतितोला ८ सय ७५ रूपैयाँ भएको छ।

गत आइतबार यताका तीन दिन चाँदी प्रतितोला ८ सय ८० रूपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बुधबार बिहानसम्म सुन प्रतिऔंस १५६९.९० डलरमा कारोबार भइरहेको थियो ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्