Logo
११ बैशाख २०८१, मंगलबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ को प्रदेशसभामा पनि हट्यो कांग्रेसको अवरोध 

विराटनगर : प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसले गर्दै आएको अवरोध पनि स्थगित गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकणमा कांग्रेस नेता विजयकुमार गच्छदारप्रति भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा कांग्रेसले आइतबार र सोमबार प्रदेशसभा अवरुद्ध गरेको थियो ।

गच्छदारमाथि मुद्दा चलाएको विरोधमा कांग्रेसले संघीय संसदको प्रतिनिधिसभा पनि अवरोध गरेको थियो । तर मंगलबारदेखि अवरोध हटेको छ ।

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्