Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसका कारण भयो एकै दिन १०३ जनाको मृत्यु

एजेन्सी : कोरोना भाइरसका कारण सोमबार मात्र १०३ जनाको मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार पनि १०३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेकोे संख्या १००० नाघेको छ ।
तर आइतबारको तुलनामा नयाँ संक्रमित विरामीहरुकोे संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ ।

प्राणघातक कारोना भाइरसको संक्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार निरिक्षण गरेका छन् ।
हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ रहेको छ ।

अहिले चीनमा मात्रै ४२ हजार २ सय बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २००२–३ पछिको गम्भीर सार्वजनिक स्वास्थ्य संकट हो ।
विश्व स्वास्थ्य संगठनका उत्कृष्ट चिकित्सकको टोली चीन पुगेको छ । ज

प्रकाशित मिति: Feb 11, 2020

प्रतिक्रिया दिनुहोस्