Logo
१५ चैत्र २०८०, बिहीबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वडा समायोजन गर्दै छुट्टै खाता खोल्ने हरिनगर काङ्ग्रेसको निर्णय

प्रदेश १ स्थित सुनसरीको नेपाली काङ्ग्रेस हरिनगर गाउँपालिकाले वडा समायोजन गर्दै छुट्टै खाता खोल्ने निर्णय गरेको छ । नेपाली काङ्ग्रेस हरिनगर गाउँपालिकाको पार्टी सामायोजन पछिको बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।

गाउँपालिका समितिका सभापति शिवहरी श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पार्टीको संगठनलाई पनि थप शसक्त बनाउने निर्णय गरेको हो । बैठकमा हरिनगर गा.पा.का अध्यक्ष गफार अन्सरीको समेत आथित्य रहेको थियो ।

त्यस्तै जिल्ला सदस्य नुनु अन्सारी, भिखारी मन्डल, प्रदिप मेहता, पन्चदेव मेहता, क्षेत्र सदस्य हिरालाल पाल, सिकमलाल यादव र सबै उप सभापतिहरु समेत सचिवहरु लगायत सदस्यहरुको समेत उपस्थिती रहको थियो ।

बैठकले १ नम्बरमा वडा समायोजन गर्ने, २ मा कार्यलय सन्चालन तथा ब्यावस्थापन गर्ने, ३ नम्बरमा खाता खोल्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्