Logo
८ बैशाख २०८१, शनिबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो पटक पनि प्रदेशसभा अवरोध : विधेयक पेश हुन पाएन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ ।

झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन ।

ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारवाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए ।

सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ ।

अवरोधका कारण उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेश गर्न पाउनुभएन ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्