Logo
११ बैशाख २०८१, मंगलबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलवारदेखि इनरुवामा फरक क्षमता(अपांगता) भएका र अशक्त ब्यक्तीहरुकालागि मात्र निशुल्क भोजन

प्रदेश एक स्थित सुनसरीको इनरुवा नगरवासीको आयोजनामा माघ १ गतेदेखि सुरु भएको निशुल्क खाना खुवाउँने कार्यक्रम भोली मंगलवारदेखि अपांगता भएका र अशक्त ब्यक्तीहरुकालागि मात्र निशुल्क हुँने आयोजक समितिका नारायण यादवले जानकारी दिनुभएको छ ।

अस्पतालमा रहेका असहाय बिरामी,कुरुवा र आर्थिक अभाव भएका यात्रुहरुलाइ समेत निशुल्क भोजन गराइने उनले जनाए । पूर्वमा कतै ५ रुपया कतै १० त कतै १५ रुपयामा पेटभरी खाना खुवाउँने कार्यक्रम संचालन भइरहँदा इनरुवाका मनकारी ब्यक्तीहरुले जाडोलाइ मध्य नजर गरि अशक्त, पिडित तथा सर्वसाधारणहरुलाइ माघ २७ गते सम्म निशुल्क भोजन गराएका छन ।
पूर्वमा सस्तोमा खाना खुवाउने होडबाजी इनरुवा आइपुग्दा निःशुल्क मात्र बनेन, निरन्तरता पनि पाउँदै गएको छ । पूर्वको शहरहरुमा अहिले सस्तोमा खाना खुवाउनेदेखि सित्तैमा खाना खुवाउने होडबाजी नै चलेको छ । सकारात्मक र सत्कर्मपूर्ण कार्य मानिएको यो अभियान विराटनगरबाट सुरु हुँदै गर्दा अहिले पूर्वका बिभिन्न शहर हुँदै इनरुवामा आइपुग्दा निशुल्क बनेको थियो ।

इनरुवामा ३ दिनका लागि भनेर सुरु गरिएको अभियानमा दाताहरु थपिदै गर्दा र विभिन्न संघसंस्थाले पनि सहयोगी हात बढाउ्दा यस्लाई दीर्घरुपमा राख्ने सोंच पनि आयोजकले बनाएका छन् । सेवानै धर्म हो भन्ने इनरुवावासीको यो सत्कर्म अब देशभर पुग्न आवश्यक छ ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्