Logo
७ बैशाख २०८१, शुक्रबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूर्यलाई नजिकबाट अध्ययन गर्न उड्यो सोलार अर्बिटर

सूर्यका बारेमा थप नयाँ जानकारी खोज्न युरोपको सहासी प्रयास सुरु भएको छ ।

सूर्यलाई नजिकबाट अध्ययन गर्नका लागि सोलार अर्बिटर पठाइएको छ । वैज्ञानिकहरु सूर्य तथा अरु ताराहरुको व्यवहारबारे पनि थप जानकारी हाँसिल गर्न चाहन्छन्।

सोलार अर्बिटरमा ठूलो संख्यामा सेन्सरहरु र क्यामरा जडान गरिएका छन् । ताराहरुको कार्यका सम्बन्धमा पनि यो अभियानले नयाँ जानकारी उपलब्ध गराउने वैज्ञानिकहरुले बताएका छन् । यो अभियानको लागत एक अर्ब ३० करोड पाउण्ड स्ट्रर्लिङ्ग रहेको छ ।

अमेरिकाको फ्लोरिडामा रहेको केप कानाभरलबाट सोलार अर्बिटर केप कनार्भलबाट आइतबार टेकअफ भएको हो । युरोपियन स्पेस एजेन्सीले अमेरिकाको नासासँगको सहकार्यमा अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्