Logo
११ बैशाख २०८१, मंगलबार
(February 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुठो खाँदा एकै परिवारका नौ जना कारौना भाइरसबाट संक्रमित

एजेन्सी :  हङकङमा एकै परिवारका नौ जना नोवेल कोरोना भाइरसबाट एक अर्काको जुठो खाँदा संक्रमित भएका छन् ।

साउथ चाइना मर्निङ पोस्टले लेखेअनुसार उनीहरुले एक अर्काको जुठो खाएकै कारण नौ जनालाई नै नोवेल कोरोना भाइरस संक्रमित पुष्टि भएको हो ।

नौ मध्ये को को पहिल्यै कोरोनाबाट संक्रमित थिए र क कसलाई पछि सर्यो भन्ने बारे भने खुल्न नसकेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

यही जनवरी २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा उनीहरू भेला भएर आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर खाएका थिए।

चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको छ। अहिलेसम्म चीनमा नोवेल कोरोनाका ४० हजार १७१ जना संक्रमित भएको पुष्टि भएको छ ।नोवेल कोरोना भाइरसबाट आइतबार मात्रै चीनमा ९७ जनाको मृत्यु भएको छ

हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ । चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: Feb 10, 2020

प्रतिक्रिया दिनुहोस्