Logo
७ बैशाख २०८१, शुक्रबार
(February 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले दियो ओमानलाई २५० रनको लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ।  पहिले व्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ। 

५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए ।  पारस खड्काले ३८, विनोद भण्डारीले ३५,  कुशल मल्ल २८, ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८, करण केसीले १०, सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए । 

ओमानका लागि अकिब इलियासले ४ र मोहमद नादिनले  नेपालको ३ विकेट लिए। 

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो ।

प्रकाशित मिति: Feb 9, 2020

प्रतिक्रिया दिनुहोस्