Logo
७ बैशाख २०८१, शुक्रबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको क्षमताप्रति ट्रम्प विश्वस्त : ‘कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुन्छ ’

चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विश्वस्त रहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस सङ्क्रमण नियन्त्रणमा सफलता मिल्ने बताएका हुन् ।

चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वास’ व्यक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

“फोनवार्तामा दुई नेताबीच आपसीरूपमा सूचनाको बढीभन्दा बढी आदानप्रदान र आवश्यकता अनुसार अन्य बिषयमा पनि समन्वय जारी राख्न सहमत हुनुभएको थियो,” विज्ञप्तिमा भनिएको छ ।

चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूमा दुई नेताबीच टेलिफोन वार्ता भएको सार्वजनिक भएपछि ह्वाइट हाउसले पनि यसबारे जानकारी गराएको हो ।

उक्त अवसरमा उनीहरूले संयुक्त राज्य अमेरिका र चीनबीच हालै सम्पन्न पहिलो चरणको व्यापार सम्झौताबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति: Feb 7, 2020

प्रतिक्रिया दिनुहोस्