Logo
११ बैशाख २०८१, मंगलबार
(February 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार बिहानै चल्यो डोजर

लुम्बिनी प्रादेशिक अस्पताल भत्काउन डोजर चलाइएसगै प्रहरिचालन गरिएको छ ।
बिहीबार बिहान प्रदेश सरकारको निर्णयअनुसार अस्पतालको बाहिरपट्टी भाडामा लगाइएका सटरहरू अस्पतालको स्तरोन्नतिका लागि सटरहरु भत्काउन थालिएको हो । सटर भाडामा लिएका व्यवसायीहरुले अटेर गरेपछि डोजर चलाउनु परेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनले सटर खाली गर्न बारम्बार ताकेता गर्दै आए पनि ब्यवसायीले अटेर गर्दै आएका थिए । परिणामस्वरुप बिहीबार बिहान ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सटर भत्काउन शुरु गरिएको हो ।

अदालतले प्रदेश सरकारकै पक्षमा बाटो खोलेपछि अस्पताल प्रशासनले ४८ घण्टे सूचना जारी गरेको थियो । सटर खाली गर्न अस्पतालले व्यवसायीहरुलाई पत्राचार गरेपछि त्यसका विरुद्ध रुपन्देही जिल्ला अदालतमा व्यवसायीकातर्फबाट करार परिपालना गरि पाउँ भनि मुद्दा दायर गरिएको थियो ।

साविक लुम्बिनी अञ्चल अस्पताल प्रादेशिक अस्पतालको रूपमा प्रदेश सरकारमातहत आएपछि सरकारले यसको स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: Feb 6, 2020

प्रतिक्रिया दिनुहोस्