Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभू बैंकले कमायो १ अर्ब बढी वितरणयोग्य नाफा, खराब कर्जा ३.१२ प्रतिशत

प्रभु बैंक (PRVU) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खराब कर्जा बढेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड रहेको छ।

बैंकको खराब कर्जा २.४७ प्रतिशतबाट बढेर ३.१२ प्रतिशत पुगेको छ।बैंकले आगामी दिनमा खराब कर्जामा सुधार गरे उल्लेख्य प्रगति गर्न सक्ने देखिन्छ। तर पछिल्लो समय भने बैंकको खराब कर्जा बढ्दै नै गएको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा बढ्न सहयोग पुगेको हो।बैंकको खुद ब्याज आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँबाट बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन बढाएर १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ पुर्‍याएको छ भने कर्जा प्रवाह बढाएर ९४ अर्ब ७१ करोड रुपैयाँ पुर्‍याएको छ।  

गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ अर्ब ८९ करोड रहेको यस बैंकको चुक्ता पूँजी पुस मसान्तसम्ममा बढेर १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। यता बैंकको जगेडाकोषको आकर भने घटेको छ। गत वर्ष ३ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घटेर ३ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ।

पूँजी बढाएअनुसार बैंकले खुद नाफामा प्रगति गर्न नसक्दा प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ। गत वर्ष २९ रुपैयाँ ७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी घटेर २२ रुपैयाँ १२ पैसामा झरेको छ।

पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात १०.८० गुणा रहेको छ।

प्रकाशित मिति: Feb 4, 2020

प्रतिक्रिया दिनुहोस्