Logo
१२ बैशाख २०८१, बुधबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड नाफा गर्यो ,निक्षेप ९७ अर्ब

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड ४ लाख बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य सुधार भएसँगै खुद नाफा सामान्य बढेको हो।

पुस मसान्तसम्ममा बैंकले १ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड २ लाख बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९ करोड २२ लाख रुपैयाँ बढेर १ अर्ब २३ करोड ५३ लाख पुगेको छ।

८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। त्यसगरी, बैंकको शेयरधनी कोषमा ६१ करोड ९ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ रहेको छ।

दोस्रो त्रैमासको अन्त्यमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा कायम भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९५ पैसा बढी हो। बैंकको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।

पुस मसान्तसम्ममा बैंकले ९७ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८७ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निष्क्रिय कर्जा सो अवधिमा ०.४५ प्रतिशत रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशत विन्दु बढी हो। बैंकको इम्पेरिमेन्ट चार्ज १७ करोड ४८ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्