Logo
६ बैशाख २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानलाई गोवामा प्रतिबन्ध गर्न माग

बलिउडका स्टार अभिनेता सलमान खानलाई गोवा भ्रमणमा प्रतिबन्ध गर्नुपर्ने माग उठेको छ।

हालै गोवा भ्रमणका क्रममा सेल्फी खिच्न लागेका एक फ्यानको मोबाइल फोन सलमानले खोसेका थिए ।
गोवा एयरपोर्टमा सलमानले फ्यानको फोन खोस्दा उनी आक्रोशित देखिएको भिडियो भाइरल बनेको थियो।

कँग्रेसको विद्यार्थी संगठनले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई गोवामा प्रतिबन्ध माग गरेका छन्।

गोवास्थित भाजपाका सचिव तथा पूर्व सांसद नरेन्द्र सेवाइकरले पनि सलमानको कार्य अभद्र भएको प्रतिक्रिया जनाएका छन्।

सलमानले आफ्नो व्यवहारको लागि माफी माग्नु पर्ने नभए उनलाई गोवामा आउनै नदिने उनीहरुले बताएका छन्।

 

प्रकाशित मिति: Jan 30, 2020

प्रतिक्रिया दिनुहोस्