Logo
१२ बैशाख २०८१, बुधबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई प्रधानमन्त्रीले भने – धक्का कोरोना भाइरसको हो

आफूले संसदमा कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन् ।

मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएका थिए।

तर प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले त्यो धक्का के हो भन्ने प्रश्न गरेका थिए।

देउवालाई बुधबार केन्द्रीय कमिटी बैठकबाट जवाफ दिएका प्रधानमन्त्री ओलीले आफूले कोरोना भाइरसको कुरालाई धक्का भनेको प्रष्ट पारे।

‘के को धक्का कहाँको धक्का भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भाइरसको कुरा गरेको थिएँ। त्यसलाई पनि कसले कसरी बुझ्यो बेल्लै कुरा हो।’

उनले नेपालमा एक जनामा मात्रै कोरोना भाइसरको संक्रमण देखिएको बताए। ‘एक जनामा मात्रै लक्षण देखिएको हो,’ उनले भने, ‘खासै असर पुर्‍याउँदैन।’

 

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्