Logo
८ बैशाख २०८१, शनिबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रीय कमिटीमा ओलीले भने- ‘युद्ध दुईतर्फी हुन्छ, तर हामीले गरेका छैनौं’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा उपलब्धि हासिल गर्मे काममा पछि नपरेको बताएका छन् ।

बुधवारदेखि काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् सञ्चालन, सरकार, स्थानीय तह, संविधान कार्यान्वयनका सन्दर्भमा थुप्रै कामहरू भएका दाबी गरे ।

सम्बोधनकै क्रममा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपा नेतृत्वको वर्तमान सरकारविरुद्ध डरलाग्दो प्रचारयुद्ध भइरहेको बताए । ओलीले प्रचारयुद्धलाई सरकारले नतिजाबाट जवाफ दिइरहेको समेत बताए ।

‘हाम्राविरुद्ध प्रचारयुद्ध डरलाग्दो छ, प्रचार आक्रमण । युद्ध दुईतर्फी हुन्छ, तर हामीले गरेका छैनौं । एकतर्फी आक्रमण भएको छ । हामीले नतिजाबाट जवाफ दिएका छौं’ ओलीले भने ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्