Logo
१३ बैशाख २०८१, बिहीबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई पाम आयल निकासीमा शुन्य भन्सार सहुलियत नदिन भारतीय व्यापारिको दबाब

नेपाललाई पाम आयल निकासीमा शुन्य भन्सार सहुलियत नदिन भारतीय व्यापारिको दबाब पर्न थालेको छ । भारतको व्यापारिक निकाय सोल्भेन्ट एक्जाक्र्ट एसोसियसन अफ इण्डिया (एसईए) ले नेपाललाई पाम आयल निकासीमा शुन्य भन्सार सहुलियत नदिन सरकारको ध्यानकर्षण गराएको छ ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफटा) अनुसार भन्सार सहुलियत दिंदा भारतीय प्रशोधन उद्योग संकटमा पर्ने भन्दै रोक्नका लागि व्यापारिक निकाय एसईले लविङ थालेको हो ।

नेपाललाई शुन्य भन्सार सहुलियत दिएमा भारतीय प्रशोधन उद्योग संकटमा पर्ने भन्दै एसईएले त्यहाँका वाणिज्य मन्त्री पीयुष गोयललाई दवाव समेत दिएको छ ।

एसईएकका अध्यक्ष अतुल चर्तुवेदीले नेपाललाई शुन्य भन्सार सहुलियत दिएमा भारतको राजश्व संकलनमा कमी आउने प्रशोधन उद्योगमा संकटका साथै सिड उत्पादन गर्ने किसान मारमा पर्ने जानकारी दिएका छन ।

उनले पामको कच्चा पदार्थ नेपालकाे उत्पादन नभएको र यसले मूल्य अभिवृद्धि नगर्ने भन्दै चर्तुवेदीले कुनै पनि अवस्थामा नेपाललाई पाम आयलमा शुन्य भन्सार सहुलियत दिन नुहुने जिकिर गरेका छन ।

नेपालले साफटाअनुसार शुन्य भन्सार दरमा पाम आयल निकासी गर्न दिनका लागि भारतलाई दवाव दिएको त्यहाँको फाइनान्सियल एक्सप्रेसले अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

नेपालबाट ३३ हजार ९४४ टन सोयाविन र १ लाख ५६ हजार टन पाम आयल भारतमा निकासी भएको छ । आन्तरिक प्रशोधन उद्योगलाई संरक्षण गर्न भारतले पाम आयललाई प्रतिवन्ध लगाएको अनलाई संस्करणमा उल्लेख गरिएको छ ।

यता नेपाल सरकारले पाम आयल खुलाउन भारतलाई पत्राचार गरेको छ । भारतले प्रतिवन्ध लगाउँदा ३ सातादेखि पाम आयल निकासी रोकिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत खुलाउन अनुरोध सहित पत्र पठाएको हाे । उद्योगले पाम आयल निकासी खुलाउन कुटनीतिक पहल थाल्न भनेको छ ।

पाम आयलले नेपालको निकासी व्यापार बढाएको थियो । ६ महिनामा झण्डै ११ अर्ब रुपैयाँ बराबरको पाम आयल भारत निकासी भएको थियो ।

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्